Khabar Samachar

टिपटप हेल्प नेपालले सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि

205
VIEWS

टिपटप हेल्प नेपालले सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि उचालेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहल आइतबार भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि जितेको हो।

उपाधिसँगै हेल्प नेपालले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता आर्मीले २ लाख रुपैयाँ हात पार्नेछ।

हेल्प नेपालले आर्मीलाई २५–२१, २६–२४ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो।

आजै भएको तेस्रो स्थानको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराएको हो। पहिलो सेट २५–१५ ले गुमाएको एपीएफले त्यसपछिका तिन सेटमा लगातार जित निकालेको हो।

एपीएफले दोस्रो सेटमा पुलिसलाई २५–२० ले हराएको थियो। तेस्रो र चौथो सेटमा लगातार २५–२३ र २५–१८ ले हराउँदै एपीएफले तेस्रो स्थान सुरक्षित गरेको हो।

जितसँगै एपीएफले १ लाख रुपैयाँ पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित