Khabar Samachar

Search
Close this search box.

रवि लामिछानेको प्रतिक्रिया : म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन

205
VIEWS

 

सर्वोच्च अदालतबाट नागरिकता रद्द गरिएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्। सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

सञ्चारकर्मीले सोधेको एक प्रश्नमा उनले भने, ‘अनागरिकले के गर्छ सबले बुझेकै छन्।’

सर्वोच्च अदालतको फैसलालाई कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिए, ‘स्वागत गर्छु। सर्वोच्च अदालत भन्दा माथि अर्को कुनै निकाय छ र?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित