Khabar Samachar

तीनवटै तहको निर्वाचनमा गठबन्धन कायम राख्नुपर्छ : प्रकाशमान सिंह

205
VIEWS

सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीनवटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका  छन् । संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने काँग्रेस नेता सिंहको भनाई छ ।

शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको भनाई छ ।

उनले भने, ‘कम्युनिष्टहरूलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरुले सदुपयोग गर्नै सकेनन् । अव सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त नेपाली काँग्रेसले प्रारम्भ गरेको हो नि त । हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो नि त । तर म्यान्डेट कम्युनिष्टहरुले पायो । चार–चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन । जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरू नै हुन् । यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिन सक्नुपर्छ भन्ने मलाई लागेको छ ।’

उनले तीनै तहको निर्वाचनमा सत्ता गठबन्धन रहनुपर्ने बताउँदै भने, ‘तीनवटै तहको निर्वाचन सम्पन्न हुँदैछ । संविधान जोगाउनका लागि यो गठबन्धन आवश्यक भएको हुनाले काँग्रेसले अहिले पनि स्थानीय निर्वाचनमा पनि पनि औचित्य र आवश्यकताको आधारमा गठबन्धन गरेर जाने भनेको हो । यसमा सिरियस हुन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित