Khabar Samachar

Search
Close this search box.

सरकार टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : शेखर कोइराला

204
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार टिकाउन टीकापुर काण्डका आरोपी रेशम चौधरीलाई आममाफी दिइएको बताएका छन्।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरको कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिएको बताएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् तीनवटै अदालतको आदेशको विपरीत आममाफी दिइनुले लोकतन्त्र कमजोर बनाएको उनले बताए।

‘अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो,’ उनले भने, ‘ सरकार टिकाउनका लागि यी कुराहरु गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित