Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चीन प्रस्थान

203
VIEWS

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना औपचारिक भ्रमणका लागि आज राति चीन प्रस्थान गर्दै छन् । अध्यक्ष तिमिल्सिना तिब्बतको ल्हासामा आगामी असार १ देखि २ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौँ चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’मा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गर्न लागेका हुन् ।

उनी प्रदर्शनीमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै छन् । उनको नेतृत्वमा प्रतिनिधिसभाका सदस्य जीवन परियार, धवलशम्शेर जबरा, प्रदीप यादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिराम चौधरी प्रतिनिधिमण्डलमा सहभागी छन् । यस्तै उनका प्रमुख स्वकीयसचिव गोविन्द अकेला पौडेल र सङ्घीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी रहेका छन् ।

कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्ने कार्यक्रम रहेको छ । बेइजिङमा अध्यक्ष तिमिल्सिनाले जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भ्रमणमा बेइजिङमा विभिन्न स्थालको अवलोकन गर्ने कार्यक्रम छ । उहाँ औपचारिक भ्रमण सम्पन्न गरी असार ६ गते नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित