Skip to main content

Khabar Samachar

Search
Close this search box.

बालकृष्ण खाणलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गर्नुपर्ने माग

204
VIEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल पार्टीको साधारण सदस्यबाट निस्कासन गर्नुपर्ने माग पार्टीभित्र उठेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले अदालतबाट पुर्पक्षका लागि कारागार चलान भएका नेता खाणलाई जति सक्दो छिटो कारबाही गर्नुपर्ने बताएका छन् । केन्द्रीय समितिको बैठक कुरेर कारबाहीमा ढिलाइ गरे पार्टीलाई थप नोक्सान पुग्ने थापाको भनाइ छ ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएलगत्तै खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । उपसभापति धनराज गुरुङ र महामन्त्रीहरु गगन थापा तथा विश्वप्रकाश शर्मा लगायतले तत्काल निलम्बन गर्न माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले अभियोग लाग्दैमा कारबाही गर्न नहुने अडान लिएपछि खाण निलम्बनमा परेनन् ।

अहिले अदालतको आदेशपछि खाण कारागार चलान भइसकेकाले उनलाई तत्काल निलम्बन गर्नुपर्ने माग पुनः उठेको हो । तर अझै पनि सभापति देउवाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यही प्रकरणमा मुछिएका पूर्व-उपप्रधानमन्त्रीसमेत रहेका एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने पार्टीले पदबाट निलम्बन गरिसकेको छ । कारागार चलान भएसँगै रायमाझीको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित