राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले दुःखको घडीमा प्रधानमन्त्री प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचनना भएको छ । पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो । तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् । उनले भनेकी छन्–
‘………आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त ? भन्ने प्रश्नहरु पनि आउन सक्छन् । श्रीमानहरु गुमाएका, श्रीमतीहरु गुमाएका छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुखलाई पनि उहाँले सम्झनुपर्छ ।आफ्नै दुःख सरह बुझनुपर्छ । र त्यसको लागि के गर्नुुपर्छ र कसरी सम्बोधन हुनसक्छ भन्ने कुराचाहिँ प्रधानमन्त्रीको हैसियतमा भइसकेको एउटा राष्ट्रको पिताको रुपमा हेर्ने व्यक्तिले सम्झनुपर्छ । नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता एउटा युवा महिलाहरुले पनि उहाँ (सीताबाट) सिक्नुपर्नेचाहिँ कुरा छ ।
श्रीमानहरु गुमाएका, श्रीमती गुमाएका, छोराछोरी गुमाएका ती तमाम आम नागरिकको दुःखलाई पनि उहाँले सम्झनुपर्छ । आफ्नै दुःख सरह बुझनुपर्छ र त्यसका लागि के गर्नुपर्छ, कसरी सम्बोधन हुनसक्छ भन्नेकुरा चाहिँ प्रधानमन्त्रीको हैसियतमा एउटा राष्ट्रको पिताको हेर्ने व्यक्तिले सम्झनुपर्छ ।
जीवनभरी संघर्ष गर्दा, एउटा छोरा गुमाउँदा पनि कतिपनि बिचलित नभइकन राष्ट्रकै गरिमाय पदमा हुनुभएकी श्रीमानको सदैव साथ दिइराख्नु भयो त्यो बाट पनि हामीले के बुझ्न सक्छौँ भन्दा हिजोको दिनमा क्रान्ति तमाम ती दिदीबहिनीहरु जो हिजो बलात्कारजस्तो क्रन्दनहरु पनि भोग्नुपर्यो । त्यस्तो सम्मको पीडा भोग्नुपरेको थियो । उत्पीडन भोग्नुपरेको थियो । त्यसका बाजजुत जुन संघर्ष गर्नुभयो उहाँहरु उदाहरणीय हुनुपर्छ । हामी महिलाहरुले, हामी नयाँ युगका क्रान्तिमा होमिएका हामीजस्ता युवा पहिलाहरुले पनि उहाँबाट सिक्नुपर्नेचाहिँ कुरा छ………।





























Discussion about this post