Khabar Samachar

दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

205
VIEWS

दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

आइतबार भएको झडपमा परेर सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन्।

नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार गराई थप उपचारका लागि धनगढी लगिएको छ।

घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्।

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा झडप भएको थियो। घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको शाहीले बताए।

सो क्षेत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित