Khabar Samachar

प्रकाशमान सिंहलाई भोट माग्न बाबुराम भट्टराई घरदैलोमा

200
VIEWS

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई काठमाडौं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई मत माग्दै घरदैलोमा पुगेका छन्।

आज बिहान भट्टराई सिंहसँगै घरदैलोमा पुगेका हुन्।

भट्टराईले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आफू गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहका पक्षमा भोट माग्न घरदैलोमा आएको बताए।

‘अहिलेको निर्वाचन विशिष्ट छ। सामान्य अवस्थामा बहुलीय लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा हुन्छ। तर हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ त्यसमाथि नै प्रहार भएकोले यो प्रतिगामी शक्तिका विरूद्ध हाम्रो अग्रगमनकारी शक्तिहरूको गठबन्धन हो यो,’ भट्टराईले भने, ‘यसअर्थमा प्रकाशमान सिंह योग्य व्यक्तित्व हुनुहुन्छ। उहाँको दाइ पनि मेरो क्लासमेट हुनुहुन्थ्यो। उहाँ स्वच्छ छविको व्यक्तित्व हुनुहुन्छ। हाम्रो गठबन्धनलाई बलियो बनाएर मात्रै संविधान रक्षा हुन्छ। उहाँको पक्षमा मत माग्न म आएको हुँ।’

सँगै घरदैलोमा रहेका सिंहले पनि पत्रकारहरूसँग कुराकानी गर्दै गठबन्धनलाई आधार मानेर अगाडि बढेको बताए। संविधान रक्षा गर्न गठबन्धन बनेको उनले बताए। ‘पहिलेभन्दा राम्रो छ। उत्साही छौं,’ उनले भने, ‘काठमाडौं १ गठबन्धनकै पक्षमा जान्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित