Skip to main content

Khabar Samachar

Search
Close this search box.

बेलायती संसद भवनमा अभिनेत्री मनिषा कोइराला सम्मानित

203
VIEWS

अभिनेत्री मनीषा कोइराला बेलायती संसद भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फातिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि उक्त सम्मान गरिएको जनाएको छ ।

सांसद हुसेनले अभिनेत्री कोइरालाले तीन दशक बढी समयमा कला क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको बताएका छन् ।बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान पाएपछि मनिषाले आफ्नो सामाजिक सञ्जालमा केही तस्विरहरु सांझा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

‘म सांसद इमरान हुसेनी र एसियन स्ट्यान्डर्ड न्यूजपेपरको मुख्य सम्पादक फातिमा पटेललाई प्रतिभा, लचिलोपन र दयाको प्रतीकका रूपमा बेलायती संसदमा मलाई समावेश गरेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु’, उनले लेखेकी छिन, ‘यो भव्य समूहको बीचमा उभिन पाउँदा मैले आफुलाई सम्मानित महसुस गरेकी छु । फातिमाको कथा आफैमा अत्यन्तै प्रेरणादायी छ। उनी अझै समृद्ध हुनेछिन् । भगवानले तपाईंलाई सदैव आशिष् दिनुहोस् र म यो सम्मानको लागि गहिरो आभार व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित