Skip to main content

Khabar Samachar

Search
Close this search box.

भरतपुरमा बोराभित्र भेटिएका दुवै शव भारतीय नागरिकको

228
VIEWS

चितवनको भरतपुरमा बाँधेको अवस्थामा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो।चितवनको भरतपुर महानगरपालिका वडा नं। १२ स्थित मिलनचोक बोराभित्र पोको पारिएको अवस्थामा शव भेटिएको थियो । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको अवस्थामा शव फेला परेको हो ।
शव एक महिला र पुरुषको रहेको थियो । भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हत्या पनि भारतीयले नै गरेको प्रहरीले जनाएको छ ।

उनीहरु नाताले श्रीमान श्रीमती हुन् । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ । पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो । घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो ।

चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित