Skip to main content

Khabar Samachar

Search
Close this search box.

मेलम्चीको पानी काठमाडौं पठाउन सुरू

204
VIEWS

मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पठाउन थालेको छ ।

अहिले टनेल सफा गर्ने प्रयोजनका लागि बाँध रहेको स्थलबाट सुरुङमा पानी पठाइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

‘गेग्रान भरिएको एक नम्बर गेट सफा गरेर पानी पठाउन सुरू गरिएको छ। सफा पानी बग्न थालेपछि नियमित प्रक्रियाबाट पानी आउँछ,’ प्रवक्ता पन्तले सेतोपाटीसँग भने।

उनकाअनुसार अहिले प्रतिसेकेन्ड ६०० लिटर पानी पठाएर सुरूङ सफा गरिँदैछ।

ग्याल्थुम, सिन्धुखोला अडिट र सुन्दरीजलतर्फबाट धमिलो पानी पठाइएको पन्तले बताए। सुरूङबाट सफा पानी बग्न थालेपछि प्रतिसेकेन्ड दुई हजार लिटर पानी पठाउन सुरू गरिने आयोजनाले जनाएको छ।

उनका अनुसार सुरुङ सफा गरिएको धमिलो पानी अम्बाथान, ग्याल्थुम र सुन्दरीजलमा रहेका अडिट टनेलबाट निकालिनेछ । सुरूङमा पठाएको पानी धमिलो हुन छाडेपछि पूर्ण रुपमा काठमाडौंका लागि पानी पठाइने उनले बताए ।

तर कति दिनमा सुरुङ सफा हुन्छ र कहिलेदेखि नियमित रुपमा पानी पठाइउन सकिन्छ भनेर अहिले नै भन्न नसकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित