Skip to main content

Khabar Samachar

Search
Close this search box.

पलेशा गोवर्धनलाई सरकारले कर नकाटी ६५ लाख रूपैयाँ राशीको पुरस्कार दिने

203
VIEWS

प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकाटी ६५ लाख रूपैयाँ राशीको पुरस्कार दिने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित बधाइ तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा करबिना ६५ लाख रूपैयाँ नै दिने स्पष्ट पारेका हुन्।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। उनी पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित