Khabar Samachar

Search
Close this search box.

यूएसएआईडीका महानिरीक्षक बर्खास्त

212
VIEWS

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (यूएसएआईडी- यूएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमले बुधबार रिपोर्ट गरेका छन्।

 

वासिङ्टन पोस्ट, सीएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकाय विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि भएको हो।

ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मङ्गलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन्। इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागू हुने गरी समाप्त’ भएको जनाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित