Skip to main content

Khabar Samachar

Search
Close this search box.

संसद् बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित

200
VIEWS

प्रतिनिधि सभाको आजको बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक उक्त समयमा बस्न सकेको थिएन भने सूचना टाँस गरेर दिउँसो २ बजेसम्म स्थगित गरिएको थियो। त्यसपछि पनि बैठक बस्न सकेन।

संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरू छन्।

तर सत्तारूढ नेपाली कांग्रेस र एमाले भने गृहमन्त्रीले सदनमा यस विषयमा कुरा राख्न पाउनुपर्ने बताइरहेका छन्।

सदनमा कुरा राख्ने अवस्था नबनेपछि केही दिनअघि गृहमन्त्रीले संघीय संसद भवन परिसरबाट पत्रकार सम्मेलन गरी आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित