Skip to main content

Khabar Samachar

Search
Close this search box.

रुस–युक्रेन युद्धमा हाल सम्म ७३ नेपालीले ज्यान गुमाए,अझै अज्ञात

203
VIEWS

रुस–युक्रेन युद्धमा हाल सम्म ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यतामात्रै २३ जनाको मृत्यु पुष्टि भएको छ । रुसले युद्धसम्बन्धी पूर्ण तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको बताइएको छ ।

मन्त्रालयका अनुसार मृत्यु प्रमाणित हुनेको संख्या अझै बढ्ने सम्भावना छ । रुसले गत वर्षको चैतदेखि नै रुसी सेनामा कार्यरत नेपाली नागरिकको पहिचानका लागि पारिवारिक सदस्यको डीएनए नमुना पठाइदिन बेपत्ता भएका नेपालीको नामसहितको विवरण पठाउन थालेको छ । यस्तै रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित