Khabar Samachar

Search
Close this search box.

कांग्रेसनिकट कर्मचारी युनियन देउवा निवास बूढानीलकण्ठमा

211
VIEWS

कांग्रेसनिकट कर्मचारी युनियन देउवा निवास बूढानीलकण्ठमा पुगेको छ।

निजामती विधेयकमा सुधारको माग गर्दै नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरवहादुर देउवालाई निवासमै भेटेको हो।

आइतबार देउवा निवास पुगेका यूनियनमा आवद्ध कर्मचारीले सुझाव समेत बुझाएका थिए।

उनीहरुले बुझाएको सुझावमा ५८ वर्षबाट ६० वर्ष बनाउँदा ६ महिनादेखि दुई वर्षसम्मको समय दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने लगायत छन्।

उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने र निजामती कर्मचारीको परिभाषा अन्तर्गत तीनै तहका कर्मचारीलाई समेट्नुपर्ने रहेका छन्।

निजामती विधेयक हाल राज्य व्यवस्था समितिकाबाट पास भएर ‘फुल हाउस’मा पठाइएको छ। देउवाले अब संसद्‍बाटै संशोधनको प्रयास गर्ने आश्वासन दिएका थिए।

युनियनले बुझाएका प्रमुख एजेण्डाहरु –
– अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने

– ५८ वर्षबाट ६० वर्ष बनाउँदा क्रमश ६ महिना एक वर्ष र दुई वर्ष गरेर गर्नुपर्ने

– एकपटकलाई अन्तर प्रदेश सरुवा खुला गरी आगामी दिनमा सोलाई व्यवस्थित गर्न प्रत्येक प्रदेशले जनसङ्ख्याको आधारमा आफ्नो आवश्यकता अनुसार समावेशी कोटा निर्धारण गर्नुपर्ने

– १२ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूको एक श्रेणी बढुवा गर्नुपर्ने

– उपसचिव तथा सहसचिवको परीक्षा दिँदा साविककै पाँच वर्षे सेवा अवधि लागू गर्नुपर्ने

– निजामती कर्मचारीको परिभाषा अन्तर्गत संघ प्रदेश र स्थानीय तहका कर्मचारीलाई पनि समेटी एक आपसमा अन्तरसम्बन्ध कायम गर्नुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित