सार्वजनिक खरिद अनुगमन कार्यालयको सिस्टम ह्याक गरी ठेक्काको विवरण नै हेरफेर गरेको आरोपमा २२ जनाविरूद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले २२ जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सार्वजनिक खरिद अनुगमन& कार्यालयको सिस्टममा विद्युतीय माध्यमबाट अनधिकृत पहुँच पुर्याएको र संगठित रूपमा अपराध गरेको जनाएको छ। उनीहरूले यसबीच अभौतिक मुद्रा ‘क्रिप्टो करेन्सी’ को समेत कारोबार गरी अपराध गरेको आरोप छ।
प्रहरीले अनुसन्धान क्रमममा सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखाका कम्प्युटर अपरेटर दिवाकर देउजा, भरत धामी, सोली थुम्का निर्माण सेवा प्रालिका सञ्चालक सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्सन र शिवओम सप्लायर्सका सञ्चालक सागर कटुवाल, भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुहबी प्रालिका सञ्चालक जीवनकुमार दासविरूद्ध मुद्दा दायर गरेको छ।

























Discussion about this post