Skip to main content

Khabar Samachar

Search
Close this search box.

जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत

231
VIEWS

जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

जसपाको संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसहित सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले पनि दाबी गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित