Khabar Samachar

बालाजुमा प्रहरीको गाडीमा आगजनी तथा तोडफोडगरेको आरोपमा ६ जना पक्राउ

207
VIEWS

बालाजुमा गत सोमबार भएको आन्दोलन भड्किँदा प्रहरीको गाडीमा आगजनी तथा तोडफोड गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको गाडी आगजनी गर्ने ६ जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

प्रहरीले सामाजिक सञ्जालमा बाहिरिएका भिडिओ, फुटेज, फोटोलगायत विश्लेषण गरी उनीहरूलाई पक्राउ गरेको एसएसपी कार्कीले बताए।

उदयपुर घर भई काठमाडौं बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट घर भई टोखा बस्ने ३० वर्षीय रामहरी भण्डारी, लमजुङ घर भई तार्केश्वर बस्ने २३ वर्षीय विवेक श्रेष्ठ, काभ्रेका ३१ वर्षीय राजेश तामाङ, गोंगबु बस्ने १८ वर्षीय दिपेन्द्र पुन मगर र काभ्रेका २० वर्षीय आशिष खड्का पक्राउ परेका हुन्।

गत सोमबार यातायात मजदुरको आन्दोलनले उग्र रूप लिँदा दुई वटा प्रहरीको भ्यान, आयरल्यान्ड, प्रहरी बिटमा तोडफोड तथा आगजनी भएको थियो।

प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको भ्यान  र बा १ झ ७२२४ नम्बरको सिआरभी भ्यानमा आगजनी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित