Khabar Samachar

किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ

204
VIEWS

किशोरीहरुलाई बन्धक बनाएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङ पक्राउ परेका हुन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्धार गरेको छ । तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए ।

उनीविरुद्ध तीन जना बालिकाले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

उनले २ बालिकालाई पोखराबाट काठमाडौंमा बोलाई उनले लिएको ललितपुरस्थित डेरामा लगि जबरजस्ती करणी गरेको भन्दै जाहेरी परेको छ।

उनले १७ वर्षीया नाबालिकलाई माघ १० गते राति  र अर्की १७ वर्षीया बालिकालाई फागुन ११ गते राति जबरजस्ती करणी गरेको आरोप छ।

यस्तै, उनले अर्की १३ वर्षीया नाबालिकालाई पनि झापाबाट बोलाएर कोठामा राखेको पाइएको छ। उनलाई पनि जबरजस्ती करणी गर्ने उदेश्यले राखेको पाइएको प्रहरीको भनाइ छ।

पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अगाडी बढाएको एसएसपी शाहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित