Khabar Samachar

Search
Close this search box.

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ

216
VIEWS

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट तीन जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन्। विगत केही वर्षदेखि मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउँदै धेरै मान्छेलाई अमेरिका लैजाने गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीले नेपाल लाइभलाई जानकारी दिए।

उनीहरुमाथि विस्तृत अनुसन्धान गरिसकेपछि विवरणहरु सार्वजनिक गरिने केसीले बताए। प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहले करिब १ हजार जना व्यक्तिलाई नक्कली शरणार्थी बनाउँदै अमेरिका पुर्‍याएको पाइएको छ। त्यसवापत प्रतिव्यक्ति ४० लाख रुपैयाँसम्म लिने गरेकोसमेत पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित