Khabar Samachar

उपनिर्वाचनमा ६० प्रतिशत मतदान,आजै राति मतगणना सुरू हुन्छ : निर्वाचन आयोग

204
VIEWS

प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

‘अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्‍याउने काम हुन्छ,’ उनले भने,‘त्यसपछि मतगणना सुरू हुन्छ।’

बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए।

चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ।

‘९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित