Khabar Samachar

पशुपति धर्मशालाभित्र प्रवेश गर्न बतास समूहले रोक्यो सरकारी टोलीलाई,धर्मशाला गेटमा बतास र सरकारी पक्षबीच भनाभन

214
VIEWS

पशुपतिनाथ परिसरमा रहेको धर्मशाला बतास समूहबाट खोस्न पत्रसहित गएको पशुपति विकास कोष तथा सरकारको टोलीलाई व्यवस्थापन पक्षले गेट लगाएर भित्र पस्न रोकेको छ । पशुपति धर्मशालामा होटल सन्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेटमै रोकेको छ । सरकारी टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएका छन् । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिए ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनका गएका सरकारी प्रतिनिधिलाई धर्मशाला सञ्चालक पक्षले ‘अदालतको आदेश लिएर आउनू’ भन्दै भित्र प्रवेश गर्न दिएन । हुलहुज्जत गर्दै मिडिया बोकेर आएको भन्दै कर्मचारीले भित्र अवलोकन गर्ने भए समय लिएर आउन भनेका थिए । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो ।

गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन भएको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ ।

यसअघि पनि कोषका प्रतिनिधि धर्मशालामा जाँदा पत्र बुझ्न मानेको थिएनन् । स्थानीय जनप्रतिनिधि मुचुल्कामा सही गर्न नआएपछि उनीहरु फर्किएका थिए । आज पनि जनप्रतिनिधि खोज्दा कोही पनि सम्पर्कमा आउन नचाहेको कोषका एक पदाधिकारीले बताए ।

पशुपति क्षेत्र काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा पर्छ । सो वडामा सत्तारुढ नेपाली कांग्रेसले जितेको छ । संघीय सांसद पनि कांग्रेसकै गगनकुमार थापा छन् भने प्रदेश सांसद कांग्रेसका नरोत्तम वैद्य छन् । तर सत्तापक्षकै जनप्रतिनिधिले सहयोग नगरेको पर्यटनमन्त्री आलेको सचिवालयले जनाएको छ ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित