नेकपा एमालेले सचिव टोपबहादुर रायमाझी फरार हुनु उनको गल्ती भएको ठहर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनले प्रहरीमा उपस्थित भएर सत्यतथ्य उजागर गर्नुपर्नेमा एकाएक फरार भएर गल्ती गरेको एमालेको निष्कर्ष छ ।
वैशाख २८ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न मंगलबार बसेको केन्द्रीय सचिवलाय बैठकले फरार भएर उनले कानुन कार्यान्वयनमा असहयोग गरेको समेत निष्कर्ष निकालेको छ । अदालतले पक्राउ पुर्जी जारी गरिसकेको अवस्थामा अब रायमाझीले कानुन कार्यान्वयनमा सघाउनुको विकल्प नभएको एमालेको भनाइ छ ।
रायमाझीबारे आज बैठकको एजेण्डा नभएपनि नेताहरुले प्रश्न गरेपछि अध्यक्ष केपी शर्मा ओलीले एमाले कानुन भन्दा बाहिर नजाने बताएका थिए । उनले कानुन अनुसार रायमाझीलाई कारवाही गर्न पार्टीले अवरोध नगर्ने समेत बताएका थिए ।
Discussion about this post