Khabar Samachar

टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

205
VIEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित