Khabar Samachar

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

213
VIEWS

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नेपालको झापा र मोरङमा लामो समय कष्टकर जीवन बिताएर विभिन्न देशमा पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको संख्या १६ पुगेको छ।

यसअघि बिहीबार नै यो प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ परेका थिए।

मियाँले उक्त प्रकरणमा बिचौलियाहरुका लागि हज समितिको सरकारी गाडी प्रयोग गर्न दिएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित