Khabar Samachar

Search
Close this search box.

कर फर्स्योट मुद्दामा चूडामणि शर्मासहित तीन जना दोषी ठहर, अकुत सम्पत्तिमा सफाइ

223
VIEWS

आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवम् चूडामणि शर्मालाई विशेष अदालतले दोषी ठहर गरेको छ।

विशेषले बिहीबार सहसचिव शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

बिहीबार भएको सुनुवाइपछि इजलास  नं. १ का न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित