Skip to main content

Khabar Samachar

Search
Close this search box.

सुनिता डंगोललाई कार्यवाहक दिएर बालेन शाह भारत यात्रामा

204
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् । भारत जानुका कारणबारे भने उनले खुलाएका छैनन् ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।स्रोतका अनुसार पत्नी सविना काफ्लेको उपचारका लागि मेयर शाह बैंगलोर गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित