नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका छन् । शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठुलो नबन्ने बताएका हुन् ।
आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै उनले अब युवा पुस्ताकै पालो भएको बताए। पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको उनले स्पष्ट पारे ।
‘नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएको छ । सत्य कुरा हो,’ उनले भने, ‘अब यसलाई अघि बढाउनुछ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । गाली गरेर कहाँ पार्टी बन्छ ? मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन ।’
पछिल्लो समय कांग्रेस महामन्त्री गगन थापाले सभापति देउवाको चर्को आलोचना गर्दै आएका छन् । उनले शुक्रवार मात्रै सभापति देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
त्यसैगरी कांग्रेसका तेस्रो पुस्ताका नेताहरूले पार्टी रूपान्तरण अभियान चलाइरहेका छन् । उनीहरूले पनि सभापति देउवाको आलोचना गर्दै आएका छन् ।
































Discussion about this post