Khabar Samachar

अन्याय सहँदैनौं, सरकार छाड्नुपरे परोस् – एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे

204
VIEWS

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नसक्ने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै पाण्डेले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने चेतावनी दिएका हुन् ।

समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।

‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ उनले भने, ‘२३५ करोड ३ वटा जिल्लामा बाँकी २६५ करोड ७४ जिल्लामा! यो सुहाउने कुरा हो। यस्तो अन्यायपूर्ण कुरा सुहाउँदैन।’

एकीकृत समाजवादीको उपाध्यक्षको हैसियतले आफूले यसलाई नसहने बताए।

‘अब यो अन्याय सहिँदैन। आजको दिनमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सुहाउँदैन। १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने! पार्टीभित्र पनि अन्यायका विरूद्ध विद्रोह गरेरै आएका हौँ, अध्यक्षले आफ्ना कुरा भन्दै गर्नुहोला।म उपाध्यक्ष भएको हिसाबले भन्छु- सरकार छाड्नुपरे परोस्, यो अन्यायलाई सहनुहुँदैन। यसो गरेर मात्रै पार्टी निर्माण हुन्छ, लुरूलुरू पछि लागेर मात्र पार्टी निर्माण हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित