प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा नेपालका चर्चित कलाकार समेत रहेका छन्। पक्राउ पर्नेमध्ये एक जना ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।
हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित बनेका श्रेष्ठ पछिल्लो समय ‘हल्ल्का रमाइलो’ र ‘जुठे’मा देखिदै आएका छन् । ‘हल्का रमाइलो’ र ‘जुठे’ उनको लेखन तथा निर्देशन रहेको फिल्म हो ।
यहि प्रकरणमा अन्य १५ जना कलाकार तथा युट्युबर पनि पक्राउको सूचीमा रहेको कार्यालयले जानकारी दिएको छ ।
Discussion about this post