Khabar Samachar

राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

203
VIEWS

सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । ३ महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन् ।

बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने पहिलो पटक नियुक्त गरिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्‍को अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् ।त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन् । सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित