Khabar Samachar

बारुदको पहाडमा उभिएर सलाई नखेलाउनू – सुदन किराती

221
VIEWS

पर्यटनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै चेतावनी दिएका छन् ।

पूर्वपर्यटनमन्त्री आलेले सदनमा किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उनले चेतावनीपूर्वक जवाफ फर्काएका हुन् ।

किरातीले फेसबुकमा लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’

उनले आफू देश र जनताको लागि राम्रो काम गर्नमात्रै जानेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित