Khabar Samachar

‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोकौं – बालेन

201
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउन पहल गर्न आग्रह गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका छन् । उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने तर्क पनि बालेनले गरेका छन् । यसका लागि सरकारले भारतसँग कूटनीतिक पहलमार्फत गरी उक्त फिल्मको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्न समेत उनले आग्रह मन्त्रालयलाई आग्रह गरेका छन् । बिहीबार एक स्टाटस लेख्दै उनले तीन दिनभित्र उक्त संवाद नहटाए काठमाडौं महानगरभित्र भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने उल्लेख गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित