काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताएका छन्।
सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरेका हुन्।
उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसके मात्रै रुपान्तरण सम्भव भएको बताए। पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरुको रहेको उनको भनाइ थियो।
‘…हामी सबैले म म भन्दै मुलुकको अहिलेको परिस्थिति, पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर, सपारेर त्यसलाई अत्यन्त तीव्र गतिमा समयसापेक्ष दिशातर्फ जान सकिन्छ, औंला ठड्याएर होइन,’
उनले भने, ‘आफूलाई औँला ठड्याएर, यो सुधार परिमार्जन, पुनःनिर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबै कुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ।’
Discussion about this post