Khabar Samachar

‘भाङ्ग्रा ओढी, बाघको छाला बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि ? – सांसद प्रतिमा गौतम

241
VIEWS

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथको जलहरीमा नाम लेखाउने कार्यको विरोध गर्दै पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छन्।
सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरिन्।

मंगलबार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै एमाले अध्यक्ष केपी ओली निन्दा र भत्सर्ना गरिन्।

सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुरा आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गरिन्।

‘भाङ्ग्रा ओढी, बाघको छालामा बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाऊ भनेका थिए कि? न त भोलेनाथलाई सुनको जलहरी चढाउँदा शिवलिंगको मौलिक स्वरुप नै दर्शन गर्न पाइने हुन्छ कि! आराध्यदेव पशुपतिनाथलाई जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरुको भावनामा चोट पुग्ने काम भएको छ’, उनले भनिन्, ‘गर्भ गृहको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता हाम्रो परम्परा छ। धर्मको नाममा नौटंकी बन्द गराई चढाइएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपतिनाथको पुरानै मौलिक स्वरुपमा फर्काइयोस्।’

पशुपतिमा अर्पित जलहरीमा ढिलै भए पनि अख्तियारले परीक्षण गर्नु राम्रो कुरा भएको उनको भनाइ छ।

‘उक्त जलहरीको परीक्षण गर्दा १३ जनाको नाम पार्वतीका अंगका रुपमा पुजिने जलहरीको सुवर्णपेटिकामा कुँदेर लेख्ने मोह अति निन्दनीय मात्रै होइन, भत्सर्नायोग्य पनि छ’, उनले भनिन्, ‘भगवानको गर्भगृहमा आफ्नो नाम लेखाउने मोह जाग्नु, यस्तो बुद्धि कहाँबाट प्रकट हुन्छ? हामीले भगवानको अंगको रुपमा पुज्ने पेटिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अडचना हुन्छ। पशुपतिनाथकै मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराको सत्यतथ्य जानकारी पनि यस सदनलाई दिनु पर्छ।’

‘गर्भगृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता, हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराइ चढाएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपति नाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा रखियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित