Khabar Samachar

एकीकृत समाजवादीका जनप्रतिनिधि रहेका स्थानमा अन्य दलले दाबी नगर्ने

234
VIEWS

 

सत्तारुढ पाँच दलीय गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता प्रमुख रहेका पालिका र वडाहरूमा अन्य दलले दाबी नगर्ने निर्णय गरेको छ।

 

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘बैठकले गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू पनि तय गरेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरूलाई यसै अनुसार मान्ने।’

उनले सिट बाँडफाँटमा २०७४ को स्थानीय तह निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका र वडामा प्राप्त गरेको मतको मतभारलाई आधार बनाइने पनि जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अबेर बेलुकीसम्म चलेको गठबन्धन बैठकले २०७४ को निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरूलाई छोड्ने निर्णय गरेको हो।

गठबन्धनले २०७४ को स्थानीय तह निर्वाचनमा विजय प्राप्त नगरेका अन्य दललाई पनि गठबन्धनमा सहभागी गराउने पनि निर्णय गरेको छ।

‘२०७४ को स्थानीय तह निर्वाचनमा गठबन्धनबाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने,’ कार्कीले मापदण्डबारे जानकारी दिँदै भने, ‘यसका साथै उक्त तहमा दलका उम्मेदवारहरूले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने।’

गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा वर्तमान समयमा गठबन्धनका दलहरूको संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्वका साथ ध्यान दिने दलहरुबीच सहमति भएको उनले बताए।

बैठकले गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने पनि निर्णय गरेको कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित