Khabar Samachar

Search
Close this search box.

बार एसाेसिएसनले आजदेखि बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्न गर्‍यो अनुरोध

208
VIEWS

नेपाल बार एसोसिएसनले सोमबारदेखि सम्पूर्ण अदालतहरूमा बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्य मुद्दामा बहस, पैरवी नगर्ने निर्णय गरेकाे जनाएकाे छ।

एसाेसिएसनले काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनलाई पठाएकाे निवेदनमा बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक अन्य मुद्दामा बहस, पैरवी नगर्न अनुराेध गरिएकाे उल्लेख छ।

उच्च अदालत बार एसोसिएसन, पाटनका सदस्य अधिवक्ता अमिर लामिछाने र ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङबीचकाे विवादका कारण यस्ताे निर्णय गरिएकाे हाे।

अधिवक्ता लामिछानेमाथि अभद्र व्यवहारको मुद्दा लगाइएको छ।

बुधबार काठमाडौँ उपत्यकाभित्रका ११ वटा बार एसाेसिएसनले बुधबार ललितपुर जिल्ला अदालतमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

आइतबार लामिछाने छुटे पनि बार एसाेसिएसनहरूले सिसिटिभी फुजेट हेरेर घटनाको वास्तविकता पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

वकिलहरूले नासु तामाङ पहिला हातपात गरेपछि घटना भएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित