Khabar Samachar

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

209
VIEWS

नेकपा एमालले प्रतिनिधिसभा बैठकबाट पनि प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को राजीनामा माग्ने तयारी गरेको छ।

केहीबेरअघि सम्पन्न एमालले संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको संसदीय दलका सचेतक महेस बर्तौलाले जानकारी दिए।

प्रतिनिधिसभा बैठक अहिले केहीबेरमा सुरु हुँदैछ। एमाललेले बुधबारकै राष्ट्रियसभा बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा मागेपछि बैठक स्थगित भएको छ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति एमालेले राजिनामा दिन लागेको हो।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक– पटक दिल्ली गएको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित