Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्रीको स्पष्टीकरण होइन, राजीनामा चाहिन्छ : केपी ओली

205
VIEWS

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ होइन राजीनामा चाहिएको बताएका छन्।

संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय रहेको बताए।

‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो,’ उनले भने, ‘हामीलाई जवाफ होइन, राजीनामा चाहियो। उहाँबाट साह्रै भएन।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार १८ गते प्रितम सिंहको पुस्तक विमोचन गर्दै उनले आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको बताएका थिए।

त्यही अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलहरूले बुधबार प्रतिनिधि सभा बैठक अवरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित