Khabar Samachar

काठमाडौं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट केन्द्रीय सदस्य कुन्ती पोख्रेलको सम्भाबना

306
VIEWS

काठमाडौं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट केन्द्रीय सदस्य कुन्ती पोख्रेलको सम्भाबना बढेको छ । शनिवार राजधानीमा भएको पार्टीको बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पार्टीले टिकट दिए काठमाडौं २ मा आफूले नै जित्ने दाबी गरेकी छन् ।

उनले भनिन् ‘काठमाडौं २ मा राप्रपा आउँछ, कुन्ती पोख्रेल नै आउँछ । म आशावादी छु पार्टीका अग्रजहरूले आशीर्वाद दिनुहुनेछ । यहाँ उपस्थित सबै साथीहरूलाई भन्न चाहन्छु हाम्रो एजेन्डा स्थापित गर्न लागि परौँ । हाम्रो जित सुनिश्चित छ।’

देशका फरक विचारधारा बोकेका अन्य पार्टीहरूले पनि राप्रपाको एजेन्डा मन पराएको उनले जिकिर गरेकी छन् । उनले भनिन् ‘केपी ओली र प्रचण्डले पनि राजाको बयान गर्न थालेका छन् । एमाले नेता दुर्गा प्रसाईँले त खुलेरै सङ्घीयताको काम छैन भनिसकेका छन् । अरू नेताहरू पनि बोल्न थालेका छन् । अन्त्यमा राप्रपाको एजेन्डा नै सही रहेछ भनेर प्रस्ट हुँदै छ ।’ उनले अगाडी थपिन ‘अरूलाई त भन्दिन मैले देशेको देश प्रेमी नेता केपी ओली हो । उहाँलाई भन्न चाहन्छु आउनुहोस् देश बनाउने काममा हातेमालो गरौँ ।’

त्यस्तै उनले प्रचण्डले देश बेच्ने काम गरेको आरोप लगाएकी छन् । नागरिकता विधेयक पारित गराएर नेपाललाई फाइदा भन्दा बढी नोक्सान हुने उनको भनाई छ । उनले भनिन् ‘केही समय अघि प्रचण्ड भारत गएका थिए । दिल्लीमा नागरिकता विधेयकको विषयमा केही त छलफल भयो । त्यसपछि मात्रै यो विधेयक पारित भएको छ । यसरी खुरुखुरु नागरिकता दिने हो भने ३ करोड नेपाली ६ करोड हुन कुनै समय लाग्दैन ।’

 

उनले उक्त विधेयकबाट भारतीय नागरिक हाम्रो देशको कार्यकारी पदसम्म पुग्ने बाटो खुला गरिएको समेत बताएकी छन् । उनले भनिन् ‘यसरी सहजै भारतीय नागरिकले नेपाली नागरिकता पाउने हो भने भोलि देशको कार्यकारी पदमा अरू कुनै देशको नागरिक पुग्न समय लाग्दैन । यो सोच्नुपर्ने विषय हो ।’

त्यस्तै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य पोख्रेलले उम्मेदवारीका लागि इच्छा देखाएको गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले भने ‘म एकदमै खुसी छु कुनै बेला उम्मेदवार नपाएर हैरान हुन्थ्यो । अब खुलेर म उम्मेदवार बन्छु भन्नेहरूको संख्या बढेको छ । पार्टीको नीति, आन्तरिक छलफल, अन्य कमिटीहरूको सिफारिस सबै हेरेर उम्मेदवार निश्चित गर्नेछौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित