त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता लिएको छ।
बिहीबार आन्दोलनरत विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच पाँचबुँदे सहमति भएपछि शूल्क फिर्ता भएको हो। आन्दोलनरत विद्यार्थी संगठनले जारी राखेको आन्दोलन पनि स्थगित भएको सहमतिमा उल्लेख छ।
नयाँ सहमति सँगै हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु हुने भएको छ।
नौ दिनदेखि विद्यार्थी संगठनले बढेको शुल्क फिर्ता लगायतका माग राख्दै आन्दोलन गरेका थिए।
Discussion about this post