Skip to main content

Khabar Samachar

Search
Close this search box.

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु

218
VIEWS

वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।  उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’

हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित