Skip to main content

Khabar Samachar

Search
Close this search box.

विदेशबाट आइपुगे नेम्वाङका दुबै छोरा, पार्थिव शरीर पार्टी कार्यालयबाट लगियो घर

210
VIEWS

हृदयघातबाट निधन भएका संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलबाट घर लगिएको छ।

सोमबार राति निधन भएका एमाले उपाध्यक्ष नेम्वाङको पार्थिव शरीर मंगलबारदेखि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो।

विदेशबाट आएका दुबै छोराहरूले च्यासलमा अन्तिम श्रद्धाञ्जली दिएपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निवासमा लगिएको हो। नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज बिहान काठमाडौं आइपुगेका हुन् भने कान्छा छोरा सुहाङ मंगलबार राति नै अष्ट्रेलियाबाट नेपाल आएका थिए। सुहाङ एक महिनाका लागि अष्ट्रेलिया गएका थिए।

निवासमा लिम्बु परम्पराअनुसारको विधि गरिने उनका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए।

नेम्वाङको भोलि ११ बजे हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सरकारले नेम्वाङको निधनमा भोलि शोक विदा घोषणा गरेको छ।

राजकीय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ।

एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ भने सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ।

नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित