Khabar Samachar

तिनकुने सामूहिक हत्या प्रकरणः थप चार जना शंकास्पद व्यक्ति पक्राउ

227
VIEWS

काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार अहिले उनीहरूको परिचय गोप्य राखिएको छ।

शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।

मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार गरेको देखिएको थियो। हत्यामा प्रयोग भएको हतियार भने भेटिएको छैन।

प्रहरी कार्यालयमा विपेनको सोधपुछ  जारी रहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो। त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कुकुर जडिबुटीसम्म पुगेको थियो।

सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको स्रोतले बतायो।

आफैं प्रहरी कार्यालय पुगेका विपेनको घटनामा संलग्नता छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान सुरू भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।

एसएसपी मैनालीका अनुसार स:मिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे। आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे।

आउजाउ भइरहने भएकाले कुमार भुजेलको परिवारसँग नवीनको सम्बन्ध राम्रै थियो। प्रहरीले नवीनको पृष्ठभूमीबारे पनि अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित