Khabar Samachar

काठमाडौंका १८ पालिकाले स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन राख्न प्रक्रिया सुरु गर्ने

204
VIEWS

काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरूले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेसन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन् । काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत् प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो ।उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले स्मार्ट सडकबत्ती, हाइमास्ट स्मार्ट सडकबत्ती र चार्जिङ स्टेसन जडानका लागि सबै नगरपालिकाहरू तयार भएको बताए । फोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले उपत्यकाका नगरपालिकाहरुले स्मार्ट सडकबत्ती जडानका लागि स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए ।

‘धेरैजसो पालिकाहरूले बजेट छुट्याउनुभएको छ, नछुट्याउनु भएकाले पनि बजेट व्यवस्थापन गरेर काम गर्ने छलफल भएको छ‚’ उनले भने ।

फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो ।

छलफलमा घिसिङले सडकबत्तीका एकमुस्ट टेन्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरूले सोहीअनुसारको तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित