शिक्षा विधेयकविरूद्ध शिक्षकहरूले गरिरहेको आन्दोलनमा विद्यार्थी संगठनले पनि साथ दिएका छन्।
नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विधेयकविरूद्ध सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गर्यो।
निषेधित क्षेत्रमा प्रदर्शन गर्दा अनेरास्ववियुका १७ कार्यकर्ता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुले सरकारले सरोकारवालाहरूसँग परामर्श नगरी विभिन्न स्वार्थ समूहहरूको प्रभावमा परेर विधेयक ल्याएको आरोप लगाएको छ। अनेरास्ववियुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको बताएको छ।
Discussion about this post