Khabar Samachar

विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित युवती पक्राउ

205
VIEWS

त्रिभुवन विमाननस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक विदेशी युवती पक्राउ परेकी छन् ।

शनिबार दुवईबाट काठमाडौँ आएकी फिलिपिन्सकी युवती सुनसहित पक्राउ परेकी हुन् । उनी फलाई दुवईबाट काठमाडौँ आएकी थिइन् ।

विमानस्थलको भन्सार जाँचपास सकेर निस्किएका बेला शंका लागेर चेकजाँच गर्दा ती युवतीसँग सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका डिआइजी अर्जुन चन्दले बताए ।

भित्री कपडामा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको डिआएजी चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित