Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँ महानगरमा रहेका कुकुरको बन्ध्याकरण गर्ने

207
VIEWS

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेनले महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा गरेका छन् । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महानगरले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । बालेनले भनेका छन् –’चुनाव बेला घरदैलो गर्दा होस वा कल सेन्टरमा गुनासो काठमाडौँको मुख्य समस्या मध्य कुकुर ब्याबस्थापन पनि रहेछ । पशु कल्याण र पशु अधिकारका लागि हामी सचेत छौँ । यस कारण सामुदायिक कुकुर र बिरालाको सङ्ख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्दै छौँ ।’मङ्गलवारबाट महानगरपालिकाका ९ वटा वडा (४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२) बाट एकै साथ बन्ध्याकरण र खोपका कार्यक्रम चलाइने उनले जानकारी दिए । आउँदो ३ महिनाभित्र ५ हजार ८ सयको बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्धको खोप दिने योजना पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित